अपाङ्गता अधिकार सबैको सरोकार
नेपाली

नेपालमा पहुँच युक्त्त शैक्षिक स्रोतहरुको विस्तार( LEARN )कार्यक्रम

परियोजना अवलोकन


कार्यकारी सारांश

अपाङ्ग सशक्तिकरण केन्द्र DEC  सुर्खेत
नेपालमा अवस्थित पहुँचयोग्य स्रोतहरूको उपयोग
Learn परियोजना

गतिविधि सम्पन्नता प्रतिवेदन
९अप्रिल २०२३०
पृष्ठभुमि
अपाङ्ग सशक्तिकरण केन्द्र म्भ्ऋ सुर्खेत अपाङ्गता भएका व्यक्तिहरुद्वारा २०६१ सालमा स्थापित गैरसरकारी संस्था हो । संस्थाले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा अपाङ्गताको समावेशीकरण तथा हकहित सम्बन्धी धारणा स्थापित गर्ने कार्य गर्दछ । अपाङ्गता भएका वालबालिकालाई उपयुक्त शैक्षिक प्रविधिको सहायताले बालबालिकाको पठन तथा भाषिक सिप विकास गर्ने नेपालमा पहुँच युक्त्त शैक्षिक स्रोतहरुको विस्तार LEARN कार्यक्रम मार्फत कर्णालि प्रदेश का २ जिल्ला दैलेख र सल्यानमा यो कार्यक्रम सञ्चालन मा छ । विश्व शिक्षाको आर्थिक तथा प्राविधिक सहयोग एवंम अपाङ्ग सशक्तिकरण केन्द्र DEC सुर्खेत को समन्वयमा सञ्चालित यो कार्यक्रम वाट विभिन्न अपाङ्गता र कार्यगत सिमितता भएका वालवालिकाहरु प्रत्यक्ष लाभाम्वित हुने छन । नेपालमा विभिन्न प्रकृतिका अपाङ्गता भएका बालबालिकाहरु विद्यालयको पहुँचबाट टाढा रहेका छन । त्यस्ता बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनु तथा उनीहरुको सिकाइ स्तरलाई समावेशी र प्रभावकारी बनाउन प्रविधिको प्रयोग गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ । सल्यान जिल्लाका ३ स्थानिय तह शारदा नगरपालीका छत्रेश्वरी गाँउपालीका र सिद्ध कुमाख गाँउपालिका भित्रका ३ वटा स्रोत कक्षा रहेका २० वटा विध्याल र दैलेखका ३ स्थानिय तह नारायण नगरपालिका,,दुल्लु नगरपालिका र डुङ्गेश्वर गाउँपालिका २ स्रोत विध्यालय गरी ३० विद्यालय गरी कर्णाली प्रदेशका ५० विध्यालयमा कार्यक्रम संचालन गरेको छ ।

परियोजना विवरण

  • परियोजनाको शीर्षक : नेपालमा पहुँच युक्त्त शैक्षिक स्रोतहरुको विस्तार( LEARN )कार्यक्रम
  • लक्षित समुह : सिकाईमा कठिनाई भएका अपाङ्गता तथा अन्य वालवालिकाहरु
  • कार्यक्षेत्र : प्रविधीमा आधारित शैक्षिक सामग्रिको प्रयोग गरी सिकाई सुधार
  • साँझेदार संस्था : विश्व शिक्षा
  • स्विकृत बजेट : 1,09,00,00
  • परियोजना अवधि : १५ महिना
  • स्थिति: Completed

परियोजना कागजातहरू

परियोजना ग्यालेरी