Disability Rights Everyone's Concern

Assistive device support for Physical rehabilitation services and livelihood support to people with disability

Project Overview


Executive Summary

कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुका सहायक सामग्री प्राप्तिको अबस्था  नेपाल सरकारको आर्थिक सहयोगमा अपाङ्ग शसक्तिकरण केन्द्र सुर्खेतले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गताका आधारमा उनीहरुको दैनिक जिवनयापन सहज होस् भनी सहायक सामग्रीको उत्पादन तथा वितरण कार्यमा सहजिकरणका साथै सहायक सामग्री निःशुल्क उपलब्ध गराउदै आएको छ । अझ त्यसमा पनि गरीब, विपन्न तथा सुविधाविहीन वर्गलाई निशुल्क सेवा प्रदान गर्ने उद्देश्यले नेपाल सरकार, प्रदेश सरकार, स्थानीयतह सँगको आर्थिक सहयोगमा सहायक सामग्रीको उपलब्ध गराउर्दै आएको छ । जुन उद्देश्यले सहायक सामग्रीको उत्पादन र वितरण कार्यका लागि सहयोग गर्दै आएको छ तर कर्णाली प्रदेशमा वास्तविक रुपमा ग्रामिण भेगका गरीब विपन्न तथा सुविधा विहीन वर्ग समक्ष व्यापक रुपमा सहायक सामग्रीहरु पु¥याउन सकिएको छैन । तथापि उनीहरुलाई प्रदान गरिने अत्यावश्यक पुनस्र्थापना सेवा प्रदान गर्नको लागि हामी संग स्रोतको कमी छ, किनकि यस प्रकारको सेवाका लागि दक्ष जनशक्ति महंगो हुनु, नेपाली बजारमा आवस्यक कच्चा सामाग्री नपाइने र यस क्षेत्रले संस्थागत तथा सरकारी क्षेत्रबाट जति प्राथमिकता पाउनुपर्ने हो सो पनि नपाएकोले अझै यो सेवा आम सरोकारवालाहरुको लागि सहज र सरल छैन । साथै यस्ता सेवा तथा सामाग्रीको खरीद गर्ने क्षमता र इच्छा शक्ति पनि उनीहरुमा निकै कमी छ । यो अवस्था अन्य क्षेत्रको तुलनामा अविकसित र भौगोलिक रुपमा विकट कणाली प्रर्देशका सबै दुर्गम जिल्लाहरुको निकै जटील छ, अझ कर्णाली पदेश स्थितिको बारे बहस गर्ने हो भने कैयौं गुणा बढी डरलाग्दो छ । ती जिल्लाहरुमा भौगोलिक बाधाहरु, यातायात सेवा कमजोर, चेतना का साथ आर्थिक अवस्था कमजोर तथा सेवा प्रभाहित गर्न स्रोत र साधनको सीमितताले स्तरीय शारिरिक पुनस्र्थापना सेवाहरु प्रयाप्त मात्रामा उपलव्ध छैनन् । अतः अपाङ्ग सशक्तिकरण केन्द्र र महिला वालवालिका तथा जेष्ठ नागरीक मन्त्रालयको प्रयासबाट केही मात्रमा सहजता भएको छ । 

..

अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्रीहरु
उत्पादन तथा वितरण कार्यक्रमको 
प्रगति तथा आर्थिक प्रतिवेदन 
 
 
पेश गरिएको निकाय 
  महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय
सिहदरबार, काठमाडौ 
 
   
 
 
  पेश गर्ने संस्था 
 अपाङ्ग सशक्तिकरण केन्द्र ९म्भ्ऋ० सुर्खेत
फोन नं. ०८३,५२५३६०
मोबाइल न.ं ९८५८०२८२३६
 
     
संस्थाको विवरण
संस्थाको परिचय ः
अपाङग सशक्तिकरण केन्द्र (DEC) सुर्खेत, सुर्खेत जिल्लामा रहेका सबै प्रकारका अपांगता भएका व्यक्तिहरुको सहभागितामा सञ्चालित संस्था हो । यसले सबै प्रकारका अपांगता भएका व्यक्ति तथा उनिहरुका परिवारलाई आफ्नो लक्षित वर्गको रुपमा लिएको छ । यस संस्थाले अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि बनेका ऐन कानूनहरुको कार्यान्वयनका लागि सरकार को सहयोगीको रुपमा काम गर्छ भने अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न नयाँ कानून बनाउनु पर्दा दबाव समूहको रुपमा अन्य गैससहरुसँग मिलि सरकारलाई दबाव दिन दबाव समूहको रुपमा काम गर्दछ । यसका अतिरिक्त अपांगता भएका व्यक्तिहरुको सशक्तिकरण र निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको सहभागीता वृद्धि गर्नका लागि उनीहरुको आर्थिक, सामाजिक, शारिरीक, शैक्षिक र मनोसामाजिक पुर्नस्थापनको कार्य समेत गर्दछ । संस्था दर्ता ऐन २०३४ को अधिनमा रही मुनाफा रहित काम गर्ने एउटा सामाजिक संस्था ९म्एइक० हो । यसको स्थापना २०६१ साल मंसिर २५ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुको साथै समाज कल्याण परिषद र राष्ट्रिय अपांग महासंघ नेपालमा समेत आवध्द छ । 
संस्थाको परिकल्पना
अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षा स्वास्थ्य रोजगार 
सबै प्रकारका मानव अधिकारमा समान पहुँच जीवन आत्म निर्भर ।
ध्येयः
अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेतले अधिकारमुखि अवधारणाको प्रर्वधन गर्दै सुर्खेत जिल्लाका सरोकारवालासंग मिलेर अपाङ्गता भएका ब्यक्तिहरुको विकास र मानव अधिकार संरक्षणका लागि उपलब्ध श्रोत साधनको न्यायोचित परिचालनको लागि नीति निर्माण तह सम्म प्रभाव पार्ने छ ।
लक्ष्यः
आर्थिक, सामाजिक, शैक्षिक एवं राजनैतिक दृष्टीकोण बाट पछी पारिएका अपाङ्गता भएका ब्यक्ति हरुको चेतना विकासको माध्यमले सशक्तिकरण बनाउने ।
 
 
संस्थाको नाम अपांग सशक्तिकरण केन्द्र (DEC) सुर्खेत
 
 
 
नाम ः पुर्ण प्रसाद आचार्य पद ः अध्यक्ष ९८४८०५०३५३
 
नाम ः विष्णु प्रसाद शर्मा कार्यकारी निर्देशक
 
अफिस  फोन नं ं९७७(०८३५२५३६०
 मोवाईल नं ः ं९७७९८५८०२८२३६
 
 
संस्थाको ठेगाना ः विरेन्द्रनगर नगरपालिका ८, सुर्खेत
 
३. संस्थाको मुख्य उद्देश्यहरु 
क जिल्ला भरीका अपाङ्गता भएका ब्यक्तिहरुको तथ्यांक राख्ने ।
ख क्षमताको आधारमा शिक्षा एवं सिपमूलक व्यावसायीक तालिमको सु–अवसर प्रदान गर्ने ।
ग अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको लागि सोरोजगार मुलक प्रविधिक तथा सीपमुलक तालिमको व्यवस्था गरी समाजमा अरु नागरिक सरह जीविकोपार्जन गर्न हौसला प्रदानगरी अपाङ्गता सम्वन्धी हिन्तावोध हटाउदै जाने ।
घ अपाङ्गता भयका व्यक्तिहरुको हक हित अधिकार संरक्षण गर्ने र उनीहरुलाई उचित कार्य, अवसर एवं रोजगारि दिलाउन सम्वन्धित निकायहरुको ध्यान आकर्षणगर्न दवाब दिन समूहको रुपमा काम गर्ने ।
ड् अनौपचारीक रुपमा शिक्षा प्रदान गरी अपाङ्ग तथा समाजमा रहेका अन्य जनसमुदायमा अपाङ्गतापन तथा पुरानो बिचारमा परिवर्तन ल्याउने ।
च सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागी विषेश शिक्षा संचालन गर्ने । 
छ स्वास्थ्य सम्वन्धी खानेपानी सरसफाई, शौचालय निर्माण एवं अन्य काम गर्ने ।
ज अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामाग्रीको सहज पहुँचमा पु¥याउने ।
 
 
५. परियोजना नाम ः 
कर्णाली प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्रीहरु उत्पादन तथा वितरण कार्यक्रम ।
 
६. साझेदार संस्थाः 
नेपाल सरकार महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिहदरबार काण्डमाडौ ।
 
७. परियोजनाको पृष्ठभुमि              
मानिसको दैनिकी आर्थिक जिविकोर्पाजनसँग जोडिएको हुन्छ । मानिसहरुले दैनिक जीवनयापनका लागि विभिन्न कामहरु गर्दै आएका हुन्छ । व्यक्तिको सिकाई, दैनिक कामहरु, संञ्चार, हिडडुल, स्वय हेरचार, दैनिक जीवनयापन आदि नियमित क्रियाकलापहरु गर्न नसकी अरुको सहायता लिने व्यक्तिलाई अपाङ्गता भएका व्यक्ति भनिन्छ । जस्मा दैनिक जीवनयापनमा कठिनाई उत्पन्न हुन्छ त्यस कारण पारिवारिक तथा सामाजिक रुपमा भिन्न व्यवहारहरु हुन थाल्दछ । जसको कारण अपाङ्गता भएका व्यक्तिहरु मनोवैज्ञानिक रुपमा निरास हुन पुग्दछन् । अपाङ्गता नभएका व्यक्तिहरुका लागि जीविकोपार्जनमा विभिन्न किसिमका आर्थिक क्रियाकलापहरुमा संग्लनता हुन सहजता भएता पनि अपाङ्गता भएकाहरुको लागि जीविकोपार्जनमा त्यति सहज भएको पाइदैन । उनीहरुको आफ्नो दैनिक जीवन नै निकै कष्टकर बनिरहेको हुन्छ । कतिपय अवस्थामा घर परिवार तथा समाजले समेत भेदभाव पूर्ण व्यवहार गर्दछन् । तीनै अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा आफ्नो दैनिक क्रियाकलापहरु संञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय र अपाङ्गता सशीक्तकरण केन्द्र, सुर्खेत सँगको साझेदारीमा विगतका बर्ष देखीनै अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायक सामग्रीहरुको वितरणका कार्यक्रम संचालन गर्दै आईरहेका छौ । त्यसैगरी अपाङ्गता भएका ब्यक्तिहरुको आत्मबल बृद्धिका लागि विभिन्न किसिमका सशक्तिकरणका कार्यक्रमहरुको संञ्चालन तथा उनीहरुको सहजताको लागि सहायक सामग्रीको निमार्ण एवं वितरण गर्दै आएका छौ । यसरी अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी उत्पादन तथा वितरण गरीएका सहायक सामग्रीहरु केहिहद सम्म भए पनि अपाङ्गता भएका व्यक्तिहरुको पहूँचमा पुगेको छ र सहायक सामग्रीहरु उत्पादन र वितरण कार्यलाई कसरी दिगो रुपमा कर्णाली प्रदेशमा संञ्चालन गर्न सकिन्छ भनी स्रोतको खोजीका विषयमा निरन्तर सरोकारवाला निकाय सँग छलफल गरीरहेका छौ ।
 
८. परियोजनाको 
   लक्ष्यः– आर्थिक, सामाजिक, चेतना, तथा शैक्षिक रुपमा पछि परेका अपाङ्गता भएका व्यक्तिहरु समुदायमा सबल र समान सहभागिताका लागि कार्यमूलक रुपमा सक्षम हुनेछन् ।
 
९. परियोजनाको
उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुलाई गुणस्तरीय शारीरिक पुनस्र्थापना सेवाहरु (सहयोगी सामाग्री, हिडाइ तालिम, उपचार, परामर्श लगायत) को पहुँचमा वृद्घि गर्ने ।
 १०. कार्यक्षेत्र ः  कर्णालि प्रदेश   
 
११. सामाग्री वितरण विवरण । 
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी महासन्धि (२००६) मा अपाङ्गता भएका व्यक्तिहरुलाई नयाँ प्रविधिका साथै अन्य प्रकारको सहयोग आधार सेवा र सुविधा लगायतका अन्य गमनशील सहायक सामग्री, उपकरण तथा सहयोगात्मक प्रविधिहरुको पहूँच तथा उचित जानकारी उपलव्ध गराउने सामान्य दायित्व यस महासन्धीको धारा ४ मा व्यवस्था गरीएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री अति उपयोगी उपकरण हो । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई जस्तैः कृतिम हात खुट्टा, व्हिलचियर, बैसाखी, क्यालिपर, अर्थोपेडिक जुत्ता आदि छन् भने सुस्त श्रवणका लागि श्रवण यन्त्र, दृष्टिविहीनका लागि सेतो छडी उनीहरुका लागि सहयोगी उपकरण हुन । यस्ता सहायक सामग्री विना अपाङ्गता भएका व्यक्तिहरु एक ठाउंबाट अर्को ठाउंमा जान, उनीहरुलाई जीवन उपयोगी अवसर प्राप्त गर्न जस्तै शिक्षा, रोजगार, स्वास्थ्य लगायत समग्र जीवनको गुणस्तर वृद्धि गरी समाजमा पुनःस्थापन हुने उपकरण सहायक समाग्री भएको हुंदाँ सहायक सामग्री विना अपाङ्गता भएका व्यक्तिहरुको जीवन कल्पना गर्न सकिदैन । विशेष गरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्रीहरु मुख्य गरी चार भागमा राखियको छ ।  
क) अर्थोसिस ः यस अन्तर्गत क्यालिपर्स, हातमा लगाउने स्प्लीन्ट र स्पाईनल व्रास आदि पर्दछन् जसले सम्वन्धित भागलाई आड दिनका साथै कमजोर र त्रुिटपूर्ण भागलाई सुधार गर्न मद्दत पुर्याउंछ । अर्थोसिस एक प्रकारको अर्थोपेडिक सामग्री हो जुन शरीरको कमजोर तथा विकृत भागलाई सुधार गर्नको निमित्त शरीरको वाहिरी भागमा लगाईन्छ । हड्डी र मांसपेशी सम्वन्धी समस्याका कारणले राम्ररी हिडडुल गर्न नसक्ने, नियमीत क्रियाकलाप गर्न नसक्ने र खुट्टाको पक्षघात भएका व्यक्तिहरु यसबाट लाभ प्राप्त गर्न सक्दछन् । यो हात, खुट्टा तथा मेरुदण्डको अर्थोसिसहरु गरी तिन प्रकारका हुन्छन् । 
ख) प्रोस्थेसिस ः प्रोस्थेसिस भन्नाले कृतिम अंगहरु (हात, खुट्टा) लाई जनाउंछ जसले शरीरका गुमेको अंगहरुको भागलाई प्रतिस्थापन गर्दछ । मानव शरीरमा जडान गरीने यस्ता कृतिम हात खुट्टाहरु शरीरका विकृत प्राकृतिक भागहरुलाई कार्यरत राख्न, गुमेका अंगहरु प्रतिस्थापित गर्न वा सहायता पुर्याउन प्रयोग गरीन्छ । जन्मजात वा जन्मेपछि जुनसुकै कारणले हात वा खुट्टा वा ती अंगका केही भागहरु गुमाएका व्यक्तिहरुले यसवाट लाभ प्राप्त हुन्छ । 
ग) हिडडुल तथा गतिशीलतामा प्रयोग हुने उपकरणहरु  यस अन्तर्गत व्हीलचियर, वाकर, क्रचेज ( बैसाखी) आदि पर्दछन् । जुन हिडडुल गर्न सहयोगका लागि प्रयोग गरीन्छ । हिडडुल वा गतिशीलता नै दैनिक जीवनसँग सम्वन्धित सीपहरु सिक्ने आधार हुन । मानिसले सामाजिक, शैक्षिक, व्यवसायिक लगायत अन्य आवश्यकताहरु पुर्ति गर्न हिडडुल गर्नु पर्ने हुन्छ । हिड्दा उभिदा राम्रोसंग सन्तुलन कायम गर्न नसक्ने, शरीरको संपुर्ण भार खुट्टाहरुमा पार्न नसक्ने वा दुवै खुट्टाहरुमा क्यालिपरको प्रयोग गरी राखेका व्यक्तिहरुले यसवाट लाभ प्राप्त हुन्छ । 
घ) विकासात्मक सामग्रीहरु ः असन्तुलित शारीरिक स्थिति सुधार गर्न प्रयोग गरीने सामग्रीहरुलाई विकासात्मक सामग्री भनिन्छ । धेरै बच्चा तथा वयस्कहरुमा बस्ने उठ्ने र दैनिक क्रियाकलापहरुको लागि समन्वयको समस्या भईरहेको हुन्छ । विकासात्मक सामग्रीहरुले स्नायुको क्रियाकलाप वृद्धि गर्न, हातको कार्य राम्रो गर्न, राम्रो संचार गर्न र एक आपसमा घुलमिल हुने कुरामा सुधार गर्न सहयोग पु¥याउँछ । यि व्यक्तिहरु जसको वस्न र उठ्नको लागि राम्रो सन्तुलन छैन तथा दैनिक क्रियाकलापमा सन्तुलनको समस्या छ तिनका लागि यो उपयोगी छ । वस्ने सामग्री, उभिने फ्रेम, प्रोन बोर्ड, शौचगर्ने कुर्सी, वेजहरु र पारालल बार आदि विकासात्मक सामग्रीका प्रकार हुन् । 
अपाङ्गता भएका व्यक्तिहरुको हितमा अपाङ्ग सशक्तिकरण केन्द्रले प्रदान गर्दै आएको सेवाको अवस्था तथा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्रीको उपलव्धता तथा सो मा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको योग्य वस्तु, सेवा तथा प्रविधिहरुको सहयोग गर्दै गुणस्तरीय गमनशीलता सहयोगी सामग्रीहरु, उपकरण, सहयोगी प्रविधिहरु तथा प्रत्यक्ष सहायताकारुपमा प्रयोगकर्ताहरु सम्मको पहुँचलाई सहज बनाउन केहिहद सम्म मद्दत पु¥याईयको छ । 
 
अपाङ्गता भएका ब्यतिmका लागी सहायक सामाग्री उत्पादन तथा वितरण कार्यक्रम अन्र्तगत आ. व. २०७९÷०८० अन्र्तगत तपसिल बमोजिमका ब्यक्तिहरुलाई सहायक सामाग्रीहरु खरिद, उत्पादन तथा मर्मत गरी प्रदान गरीएका ब्यक्तिहरुको वितरण यस प्रकार रहेको छ ।
क्र.सं. सहायक सामाग्री संख्या क्र.सं. सहायक सामाग्री संख्या
पुरुषमहिलाजम्मा पुरुषमहिलाजम्मा
१ कृतिम अङ्ग ७ ४ ११ ५ श्र्रवण यन्त्र ० १ १
२ व्हिलचियर १४ ११ २५ ६          सेतो छडी ६ ४ १०
३ ट्वाईलेट चियर ७ ६ १३ ७ ट्राईसाइकल ० १ १
४ बैशाखी ÷एल्वो ४ २ ६ ८ व्हिलचियर मर्मत सेवा ४ १ ५
 जम्मा ४२ ३० ७२
 
कृतिम अङ्ग तर्फ वितरण गरीएका ब्यक्तिहरुको विवरण
क्र.सं. नाम थर ठेगाना सहायक सामाग्री लिङ्ग उमेर लागत मुल्य कै.
१गणेश के।सी  सल्यानकृतिम खुट्टा घुडा माथीपुरुष५७६३,०००।००
२जौमाया सुनारसुर्खेतकृतिम  खुट्टामहिला५३६३,०००।००
३जस्बीरे जैसीजाजरकोटकृतिम  खुट्टापुरुष५३१,१२,०००।
४कमल बहादुर रावलसुर्खेतकृतिम  खुट्टापुरुष२५७७,०००।०
५प्रकाश बुढाजुम्लाकृतिम खुट्टापुरुष२३१,२५,०००।००
६मोहन भण्डारीसुर्खेतकृतिम खुट्टापुरुष४९६५,०००।००
७धिरेन्द्र कुमार कार्कीदैलेखकृतिम खुट्टापुरुष२८१,२६,०००।०
८शान्ती कुमारी गौतमसुर्खेतकृतिम खुट्टामहिला५८६७,०००।००
९किरणकिशोर सापकोटासुर्खेतकृतिम खुट्टापुरुष३४२२,५००।००
१०मिना चालिसेसुर्खेतकृतिम खुट्टामहिला३१६४,०००।००
११मनमाया थापासुर्खेतकृतिम खुट्टा, महिला४३४५,४५०।०
कृतिम अङ्ग तर्फको जम्मा खर्च रकम रु ८,२९,९५०।००
 
सहायक सामाग्री वितरण गरीएका ब्यक्तिहरुको विवरण तर्फ
क्र.सं. नाम थर ठेगाना सहायक सामाग्री लिङ्ग उमेर लागत मुल्य कै.
१चन्द्र प्रसाद रिजाल दैलेख व्हिलचियर पुरुष२५१६,०००।००
२ पुर्ण बहादुर नेपाली    सुर्खेत व्हिलचियर पुरुष २२ १६,०००।०
३नवराज अधिकारीसुर्खेत व्हिलचियरपुरुष५०१६,०००।००
४ निमर्ला बोहोरा सल्यान  व्हिलचियर महिला १८ १६,०००।००
५त्रीलोक राई सुर्खेत व्हिलचियरपुरुष५७१६,०००।००
६सुर्य बहादुर बुँचा मगरसुर्खेत व्हिलचियरपुरुष४२१६,०००।००
७गगन खत्रीसुर्खेत व्हिलचियरपुरुष२४१६,०००।००
८खगेन्द्र बिक्रम शाहीदैलेखव्हिलचियरपुरुष२४१६,०००।००
९सुनिल वादीसुर्खेत व्हिलचियर र ट्वाईलेट चियरपुरुष२९१९,६००।००
११तिलक सुनारसुर्खेत व्हिलचियर र ट्वाईलेट चियरपुरुष२४१९,६००।००
१२निश्चल  तामाङ्खसुर्खेतट्वाईलेट चियर पुरुष८३,६००।००
१३टोपेन्द्र रानासल्यानट्वाईलेट चियर पुरुष४१३,६००।००
१४पार्वती रोकायसल्यानट्वाईलेट चियर र बैशाखी महिला४०५,७००।००
१५दुधकली कार्कीसुर्खेतव्हिलचियर महिला१६२६,५००।००
१६सुनीता वि.कसल्यानव्हिलचियरमहिला३०२६,५००।००
१७गणेश बहादुर सुनारसुर्खेतव्हिलचियरपुरुष५०२६,५००।००
१८खोइली सुनार्नीसुर्खेतव्हिलचियरमहिला७९२६,५००।००
१९हिमा रोका सुर्खेतव्हिलचियरमहिला२१२६,५००।००
२०गगन कामीसुर्खेतव्हिलचियर पुरुष१९२६,५००।००
२१      मेश कुमार केसीसुर्खेतव्हिलचियरपुरुष३७२६,५००।००
२२तुलसी दमाईसुर्खेतव्हिलचियर, ट्वाईलेट चियरमहिला४६२६,५००।००
२३भुपेन्द्र गहतराजसुर्खेतव्हिलचियर, ट्वाईलेट चियरपुरुष२५४५,७००।००
२४कमला रोकायसल्यानट्राईसाइकल र ट्वाईलेट चियरमहिला४४३२,६००।००
२५राम बहादुर खड्कासुर्खेतव्हिलचियर र ट्वाईलेट चियरपुरुष५२३०,१००।००
२६धनसरी रासकोटीसुर्खेतव्हिलचियर र ट्वाईलेट चियरमहिला३६३०,१००।००
२७मदन वि. क.सुर्खेतबैशाखीपुरुष२२२१००।००
२८रञ्जु दर्लामीसुर्खेतबैशाखी महिला१५२१००।००
२९ठग बहादुर सोमैसुर्खेतबैशाखी पुरुष२८२१००।००
३०राजेन्द्र बहादुर बि. क.सुर्खेतबैशाखी पुरुष३२२१००।००
३१पिङ्ग गिरीसुर्खेतश्र्रवण यन्त्रमहिला३६२,८००।००
३२दिपक वि.कसुर्खेत२ थान सेतो छडीपुरुष३७१,८००।००
३३श्रीया बुढा मगररुकुमसेतो छडीमहिला१६९००।००
३४रमिता वि.क.रुकुमसेतो छडीमहिला१७९००।००
३५राजविर चन्दरुकुमसेतो छडीपुरुष४९९००।००
३६हरिजन मल्लरुकुमसेतो छडीपुरुष३२९००।००
३७रामकली सार्कीरुकुमसेतो छडीमहिला२७९००।००
३८बाबुराम विष्टरुकुमसेतो छडीपुरुष२७९००।००
३९खड्क बहादुर गिरीरुकुमसेतो छडीपुरुष३४९००।००
४०धनमाया शाहरुकुमसेतो छडीमहिला३८९००।००
४१सिता भट्टराईसुर्खेतट्वाईलेट चियरमहिला२४२,८००।००
४२विर बहादुर कामीसुर्खेतव्हिलचियरपुरुष४८४५,७००।०
४३हरिमाया परियारसुर्खेतव्हिलचियरमहिला१५२६,५००।०
४४धन बहादुर चन्दजाजरकोटव्हिलचियर पुरुष३४४५,७००।०
४५धर्मराज रावलसुर्खेतव्हिलचियर मर्मत  पुरुष३५
४६भुपेन्द्र गहतराजसुर्खेतव्हिलचियर मर्मत  पुरुष२५
४७रमेश कुमार केसीसुर्खेतव्ह्लिचियर मर्मतपुरुष३७
४८विष्णु शाहीसुर्खेतव्ह्लिचियर मर्मतमहिला१९
४९मदन कार्कीसुर्खेतव्ह्लिचियर मर्मतपुरुष२७
५० मनमाया थापा सुर्खेत ट्वाईलेट चियर महिला ४३ ३,६००।००
५१शान्ती कुमारी गौतमसुर्खेतबैशाखी        महिला५८२,१००।०
साहायक सामाग्री तर्फको जम्मा खर्च रकम रु८,४३,८००।००
 
अनुरोध गरेका ब्यक्तिहरु कामका कारण समयमा बुझिलिन नआएकाले केही सामाग्री वितरण गर्न बाकी रहेको जानकारी गराउदछौ । (जस्मा ट्राईसाइकल, १ वटा, श्र्रवण यन्त्र ४ वटा, ट्वाईलेट चियर २७ वटा, बैशाखी र एल्वो र्कचेज ७४ जोर, र सेतो छडी ९० वटा)              समाग्री बराबरको रकम२,८९,५००।००
साहायक सामाग्री तर्फको जम्मा खर्च रकम रु ११,३३,३००।०
 
सहायक समाग्री वितरण गरीएका सेवाग्राहीहरुको (अपाङ्गता भएका व्यक्ति) लैङ्गिक तथा उमेरगत विवरण
       अपाङ्गता कुनै निश्चित वर्ग, समुदाय वा उमेर समूहका मात्र हुन्छन् भन्ने हुदैन । जुनसुकै लिङ्ग, वर्ग, समुदाय वा उमेर समूहका मानिसहरु पनि अपाङ्ग हुन सक्दछन् । केही व्यक्ति जन्मजात रुपमा नै अपाङ्ग हन्छन् भने कोही व्यक्तिहरु जन्मपश्चात विभिन्न कारणहरु (र्दुघटना, रोग) ले अपाङ्ग हुन पुग्दछन् । समाग्री वितरण गरीएका सेवाग्राहीहरुको रुपमा सक्रिय उमेरलाई आधार मानेर ०­ देखि १७ बर्ष उमेर समुह, १८ देखि ­४० बर्ष उमेर समुह तथा ४१ बर्ष भन्दा माथिका उमेर समुह गरी ३ समुहमा वर्गिकरण अपाङ्गता भएका व्यक्तिहरुको लैङ्गिक एवं उमेरगत विवरण लाई तालिका मा प्रस्तुत गरीएको छ ।
उमेर समुह संख्या  
      पुरुषमहिला जम्मा
 ० देखि­ १७१४५
१८देखि­४०       १७ १० ३१
४१ माथी      १८११२९
 जम्मा      ३६२५६१
 यसरी सहयोगी सामाग्री सेवाको पहुँचमा लैङ्गिक दृष्टिकोण बाट हेर्दा पुरुष ५९.०० प्रतिशत तथा महिला ४१.०० प्रतिशत रहेको छन । यसरी सेवाको पहुँचमा अपाङ्गता भएका व्यक्तिहरुलाई लैङ्गिक तथा उमेर गत दृष्टिकोण बाट हेर्दा महिला भन्दा पुरुषको सङ्ख्या धेरै रहेको छ । 
सेवाग्राहीको जिल्लागत विवरण
जिल्ला संख्या
यसरी कर्णाली प्रदेशमा सहयोगी सामाग्री तथा कृतिम अङ्ग जस्ता सेवाको पहुँचमा जिल्लागत दृष्टिकोण बाट हेर्दा भौगोलीक अवस्थाका कारण धेरै अपाङ्गता भएका व्यक्तिहरु सहयोगी सामाग्रीको सेवा तथा पहुँचबाट बन्चित रहेका छन् ।
पुरुषमहिलाजम्मा
सुर्खेत२६१४४०
दैलेख३३
सल्यान २        ४       ६
जाजरकोट२‍‌०         २
रुकुम पश्चिम ५४९
जुम्ला१०        १
कालीकोट०००
मुगु०००
डोल्पा०००
हुम्ला०००
जम्मा३९२२६१
 
 
कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुका सहायक सामग्री प्राप्तिको अबस्था 
नेपाल सरकारको आर्थिक सहयोगमा अपाङ्ग शसक्तिकरण केन्द्र सुर्खेतले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गताका आधारमा उनीहरुको दैनिक जिवनयापन सहज होस् भनी सहायक सामग्रीको उत्पादन तथा वितरण कार्यमा सहजिकरणका साथै सहायक सामग्री निःशुल्क उपलब्ध गराउदै आएको छ । अझ त्यसमा पनि गरीब, विपन्न तथा सुविधाविहीन वर्गलाई निशुल्क सेवा प्रदान गर्ने उद्देश्यले नेपाल सरकार, प्रदेश सरकार, स्थानीयतह सँगको आर्थिक सहयोगमा सहायक सामग्रीको उपलब्ध गराउर्दै आएको छ । जुन उद्देश्यले सहायक सामग्रीको उत्पादन र वितरण कार्यका लागि सहयोग गर्दै आएको छ तर कर्णाली प्रदेशमा वास्तविक रुपमा ग्रामिण भेगका गरीब विपन्न तथा सुविधा विहीन वर्ग समक्ष व्यापक रुपमा सहायक सामग्रीहरु पु¥याउन सकिएको छैन । तथापि उनीहरुलाई प्रदान गरिने अत्यावश्यक पुनस्र्थापना सेवा प्रदान गर्नको लागि हामी संग स्रोतको कमी छ, किनकि यस प्रकारको सेवाका लागि दक्ष जनशक्ति महंगो हुनु, नेपाली बजारमा आवस्यक कच्चा सामाग्री नपाइने र यस क्षेत्रले संस्थागत तथा सरकारी क्षेत्रबाट जति प्राथमिकता पाउनुपर्ने हो सो पनि नपाएकोले अझै यो सेवा आम सरोकारवालाहरुको लागि सहज र सरल छैन । साथै यस्ता सेवा तथा सामाग्रीको खरीद गर्ने क्षमता र इच्छा शक्ति पनि उनीहरुमा निकै कमी छ । यो अवस्था अन्य क्षेत्रको तुलनामा अविकसित र भौगोलिक रुपमा विकट कणाली प्रर्देशका सबै दुर्गम जिल्लाहरुको निकै जटील छ, अझ कर्णाली पदेश स्थितिको बारे बहस गर्ने हो भने कैयौं गुणा बढी डरलाग्दो छ । ती जिल्लाहरुमा भौगोलिक बाधाहरु, यातायात सेवा कमजोर, चेतना का साथ आर्थिक अवस्था कमजोर तथा सेवा प्रभाहित गर्न स्रोत र साधनको सीमितताले स्तरीय शारिरिक पुनस्र्थापना सेवाहरु प्रयाप्त मात्रामा उपलव्ध छैनन् । अतः अपाङ्ग सशक्तिकरण केन्द्र र महिला वालवालिका तथा जेष्ठ नागरीक मन्त्रालयको प्रयासबाट केही मात्रमा सहजता भएको छ । 
 
उपलब्धी
१ सहायक सामग्रीहरुको सही प्रयोग गर्न र हिँड्न वा ती सामग्रीको सहायतामा गतिशील हुन थेरापिष्टले हिँडाई र गतिशिलता सम्बन्धि आवश्यक सेसन सञ्चालन र आवश्यकता  
         नुसारको परामर्श गरिएको छ । 
२ अपाङ्गता भएका व्यक्तिहरुलाई प्रोस्थेसिस र अर्थोसिस, हिँड्ने र गतिशील हुने सहायक सामग्री आदिको समयमै र आवश्यकता अनुसार मर्मत गर्ने सेवा उपलब्ध गराइएको छ ।
३ ११ जना अपाङ्गता भएका ब्यतिmका कृतिम अङ्ग प्रदान गरीएको छ ।
४ सहयोगी सामग्रीको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुको जीवन स्थरमा सुधार भएको छ ।
५ अपाङ्गता भएका ब्यतिmहरु मध्य ११ जना लाई कृतिम अङ्ग, २५ जना लाई व्हिलचियर, १ जना लाई ट्राईसाइकल, १ जना लाई श्र्रवण यन्त्र, १३ जना लाई ट्वाईलेट चियर, ६ 
         जनालाई बैशाखी, १० जना सेतो छडी र ५ जना ब्यतिmले प्रयोग गरीरहेका ५ वटा व्हिलचियर मर्मत गरीएको छ ।
६ अपाङ्गता भएका व्यक्तिहरुको आत्म बल बढेको छ ।
७ अपाङ्गता भएका व्यक्तिहरु लाई गरिने विभेदको कम भएको छ । 
८ समाजिक विकास प्रकृयामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितमा वृदी भएको छ ।
९ अपाङ्गता भएका व्यक्तिहरुले आफुलाई चाहिने साहायक सामाग्रीहरु काहाँ र कसरि पाईन्छ भन्ने कुराको जानकार भएका छन् ।
 
चुनौती समस्या 
कर्णाली प्रदेशमा वास्तविक रुपमा ग्रामिण भेगका गरीब विपन्न तथा सुविधा विहीन वर्ग समक्ष व्यापक रुपमा सहायक सामग्रीहरु पु¥याउन सकिएको छैन । तथापि उनीहरुलाई प्रदान गरिने अत्यावश्यक पुनस्र्थापना सेवा प्रदान गर्नको लागि हामी संग स्रोतको कमी छ, किनकि यस प्रकारको सेवाका लागि दक्ष जनशक्ति महंगो हुनु, नेपाली बजारमा आवस्यक कच्चा सामाग्री नपाइने र यस क्षेत्रले संस्थागत क्षेत्रबाट जति प्राथमिकता पाउनुपर्ने हो सो पनि नपाएकोले अझै यो सेवा आम सरोकारवालाहरुको लागि सहज र सरल छैन । साथै यो अवस्था अन्य क्षेत्रको तुलनामा अविकसित र भौगोलिक रुपमा विकट कणाली प्रर्देशका सबै दुर्गम जिल्लाहरुको निकै जटील छ,। ती जिल्लाहरुमा भौगोलिक बाधाहरु, यातायात सेवा कमजोर, आर्थिक अवस्था कमजोर तथा सेवा प्रभाहित गर्न स्रोत र साधनको सीमितताले स्तरीय शारिरिक पुनस्र्थापना सेवाहरु प्रयाप्त मात्रामा उपलव्ध छैनन् 
 
अन्तमा 
यस केन्द्रवाट प्रदान गरीने सेवा पर्याप्त मात्रामा उपलव्ध हुने गरी व्यवस्था गर्नुका साथ साथै सो पुनःस्थापन केन्द्रको स्तरोन्नती गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुको रहनसहन र उनीहरुको रोजगारको स्थितिमा सुधार ल्याउने र उनीहरुका विशेष आवश्यकताहरुलाई हेरी उनीहरुको गमनशीलताका निम्ति भई रहेका र अब निर्माण हुने भवनहरुमा परिवर्तन, सार्वजनिक यातायातका व्यवस्थामा सो अनुकूल सुविधा, शैक्षिक अवसर प्रदान लगायत सवै अवस्थाहरु अपाङ्गतामैत्री हुनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनयापनमा सहजता ल्याउनका लागि आवश्यक पर्ने सहायक सामग्रीहरुको उत्पादन, वितरण तथा अनुगमन कार्यमा प्रभावकारिता ल्याई व्यवस्थित बनाउनु पर्ने, विभिन्न सञ्चार माध्यमहरुवाट शारीरिक पुनःस्थापन सेवा, सहायक सामग्रीहरुको आवश्यकता र महत्व सम्बन्धी प्रचार प्रसार गरी हरेक अपाङ्गता भएका व्यक्तिहरुको फरक आवश्यकता, इच्छा र क्षमता हुने भएकाले उत्पादित सहायक सामग्रीले उनीहरुको जीवनलाई सहज तुल्याउने वा उनीहरुको आवश्यकता अनुसारको हुनुपर्ने कुरालाई सुझावका रुपमा लिइएका छौ । अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक पर्ने सहायक सामग्री निःशुल्क उत्पादन र वितरण गर्ने व्यवस्था पनि मिलाएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी अगाडि सारिएको सहायक सामग्रीको उत्पादन र वितरण कार्य अति प्रभावकारी बन्न गएको छ ।
 
पेश गर्ने ब्यक्ति
नाम ः पुर्ण प्रसाद आचार्य                                             
पद ः  अध्यक्ष                                
सही ः  
मिति ः २०८० असार ०८ गते
 
 
 
 
 
 
 
आर्थिक प्रतिवेदन 
 
कार्यक्रमको बजेट खर्च विवरण
अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्रीहरु उत्पादन तथा वितरण कार्यक्रम अन्र्तगत भएको र्खच तपसिल बमोजिमको विवरण रहेको छ ।
खर्च विवरण
क्र.सं. क्रियाकलाप जम्मा खर्च रकम कैफियत
क) कार्यक्रम खर्च
१कृतिम अङ्ग सहयोग ८,२९,९५०।००
२सहयोगी सामग्रीहरु ह्वीलचियर, वाकर, बैशाखी÷एलबोर्कचेज११,३३,३००।००
३सहयोगी सामग्रीहरु मर्मतका लागी समाग्री खरिद४५,५३५।००
४ब्यवस्थापन खर्च १,११,८५०।००
परियोजनाको जम्मा खर्च रकम२१,२०,६३५।००
मन्त्रालय संग अनुदान रकम२०,००,०००।००
संस्थागत लागत रकम १,२०,६३५।००
 
 
पेश गर्ने ब्यक्ति
नाम ः पुर्ण प्रसाद आचार्य                                             
पद ः  अध्यक्ष                                
सही ः  
मिति ः २०८० असार ०८ गते
  
 
 
 
 
 
 
 

Project Details

  • Project Title : Assistive device support for Physical rehabilitation services and livelihood support to people with disability
  • Target Beneficiaries : Physical rehabilitation services
  • Target Area : Karnnali
  • Funding Partner : Women, Children, and Social Welfare Ministry and Birendranagar Municipality, Surkhet
  • Approved Budget : 70'08'321
  • Project Duration : 7 Year
  • Status: Completed

Project Documents

Project Gallery